काठमाडौँ/
संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले संघीय संसदमा सम्बोधन गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा महासचिव गुटरेसले सम्बोधन गरेका हुन् । महासचिव गुटरेस संसद् भवन पुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गरेका छन् ।
महासचिव गुटरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आएका हुन् ।