सुचना, समाचार र मनोरन्जन

सहारा बाल आधारभूत विद्यालयमा सहारा क्लबको सहयोग

पोखरा/

पोखरा-९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा क्लब पोखराका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यबहाक अध्यक्ष केशव बहादुर थापाको संयोजकत्वमा एक लाख चार हजार रुपैया  वरावरको १२ सेट डेक्स वेन्च सहित १ सेट कुर्ची टेवल हस्तान्तरण गरेका छन् ।

स्वागत मन्तव्यका क्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले अव्यवस्थित वस्तिका दैनिक ज्याला मजदुरी गर्ने अभिभावकका २७० बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा दाताहरुले यसरी मायाका साथ सहयोग संकलन गरि विद्यालयमा हस्तान्तरण गर्ने सम्पुर्ण दाताहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

पोखरा मनपा वडा नं-९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा फर्निचर सहयोग संकलन कार्यक्रमका संयोजक केशव बहादुर थापाले क्यानाडामा रहनुहुने संजिव/ सोनाम थापा, अतित /कुसुम गुरुङ ,रोहन आले मगर त्यसैगरी अष्ट्रेलियामा रहनुहुने दिया राई,ईश्‍वर जलारी,प्रेणा/राजेश मल्ल ठकुरी, त्यस्तै युकेमा रहनुहुने हिमाल थापा मगर, दिपिका/ पृथ्वीराज राई ,अमेरिकामा रहनुहुने सिद्दार्थ थापा मगर, भारतिय सेनामा कार्यरत भूपेन्द्र जङ्ग राना र उहाँकी धर्मपत्नी अनिता राना, पोल्यान्ड कार्यरत आशिष राना र दक्षिण कोरियामा रहनुहुने मनोज/ सरिता राना को सहयोगमा यो कार्यक्रमले मुर्त रुप पाएकोमा दाताहरुलाई धन्यवाद व्यक्त गर्दै सवै सहयोगी युवाहरुलाई समाज सेवामा प्रेरित गर्न सकेकोमा खुशि व्यक्त गर्दै युवाहरुलाई देश प्रेममा प्रेरित गराउनु हामी सवैको कर्तव्य रहेको समेत धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालिको अध्यक्षता रहेको कार्यक्रममा वडा नं ९, का सचिव कुलराज पौड्यालले मन्तव्यको क्रममा दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै अव राज्यले पनि शिक्षामा नितिगततहबाटै बिशेष प्राथमिकातामा राख्नु पर्ने धारणा राखे सोहि क्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयको भौतिक पक्ष र शैक्षिक गुणस्तर वृद्दिमा स्थानीय तहले हर सम्भव भए सम्म सहयोगका लागी सदैव तत्पर रहेको बताउदै विद्यालयको गतिबिधिप्रति खुशि व्यक्त गर्दै दाता हरुलगाएत विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे ।

विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा समापनका क्रममा अध्यक्ष थकालीले सम्पूर्ण दाताहरु लगाएत उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै भौतिक रुपमा मात्र नभई विद्यालयको शैक्षिक पाटोलाई पनि जोड दिई विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षक, कर्मचारी लागएत सवैको प्रत्यक्ष एवम् अप्रत्यक्ष चिन्ता र चासोले रहेमा उल्ख्य नतिजा सहित अगाडि वढ्न सकिने कुरा व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.