काठमाडौ/
गएराति १० बजेदेखि बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड बिहान ३ बजेपछि खुलेको छ । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे सडकखण्डमा पर्ने नौबिसे खोला पुलको काम गर्नुपर्ने भएकोले राति सडक बन्द गरिएको थियो ।
आज पनि राति १० बजेदेखि भोलि बिहान ३ बजेसम्म सडक बन्द गरेर काम हुने धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने गाडी भने चल्न पाउनेछन् ।