सुचना, समाचार र मनोरन्जन

काठमाडौँमा सबै भन्दा बढी डेंगु सङ्क्रमित

काठमाडौँ /

काठमाडौँ जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा {ईडीसीडी}का अनुसार काठमाडौँ जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको हो ।

Gokarna Karki

देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा देखिएको डेंगुमध्ये १५९ जना काठमाडौँ जिल्लामा मात्रै पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । यसो हुनुमा जनघनत्व बढी हुँदा ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्नु नै रहेको चिकित्सकहरू बताउँछन् ।

देशभर मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्न थालेको छ । ईडीसीडीका अनुसार गत साता {जुन २३ गते} मा १२ सय ६८ जनामा देखिएको डेंगु {जुलाई ३ गते} १४ सय ३२ जनामा पुष्टि भएको छ ।

Leave A Reply

Your email address will not be published.