पोखरा /
नवौं राष्ट्रिय खेलकुदमा ज्यान गुमाएका निस्सिम थापामगरको शालिक अनावरण गरिएको छ । पोखरा रंगशालामा निर्मित स्व. निस्सिम थापाको शालिकको आज एक कार्यक्रम गर्दै अनावरण गरिएको हो।
शालिकको अनावरण निस्सिमको बुबा प्रकाश थापा र आमा सावात्री थापा मुक्तानले अनावरण गरेका हुन् । २०७९ को असोज र कात्तिकमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबबाट सहभागी भएका निस्सिमले प्याराग्लाईडिङका क्रममा ज्यान गुमाएका थिए ।
आर्मीबाट क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका थापा एक सय मिटर जमिनमा खस्दा निधन भएको थियो । निस्सिम थापा फाउन्डेसनले सरकारको आर्थिक सहयोगमा शालिक निर्माण गरेको हो ।
शालिक निर्माणका लागि २१ लाख लगानी भएको फाउण्डेशनका अध्यक्ष एंव स्व.निस्सिम थापाका बुबा प्रकाश थापाले जानकारी दिए । उनले नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङ्ग्लाइडिङ इशोशिएशन नेफाका तत्कालीन पदाधिकारीको लापरवाहीका कारण निस्सिमको ज्यान गएको आरोप लगाए ।