सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

कर्णालीको बजेट सर्वसम्मत पारित

सुर्खेत/

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ ।

शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट सर्वसम्मत पारित भएको हो । बैठकमा बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री महेन्द्र केसीले जवाफ दिएका थिए ।

IVF Big

यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटमाथि असन्तुष्टि जनाउँदै संसदसमेत अवरुद्ध गर्दै आएको थियो ।

कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि सरकारले ९ बुँदे सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात मात्रै मन्त्रालयगत बजेटमाथि छलफल हुन सकेको थियो।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९।७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात् २४।१२ प्रतिशत छ ।

वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.