सुचना, समाचार र मनोरन्जन
Sarangi

एकीकृत समाजवादीको महाधिवेशनबाट १९ बुँदे समसामयिक प्रस्ताव पारित

काठमाडौँ/

नेकपा एकीकृत समाजवादीले पार्टी पक्तिलाई भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न आह्नवान गरेको छ । पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले समसामयिक १९ बुँदे प्रस्ताव पारित गर्दै पार्टी पङ्क्तिलाई भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न आह्नवान गरेको हो ।

‘यो महाधिवेशन मुलुकमा व्याप्त भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण पार्टी पङ्क्तिलाई भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न आह्वान गर्दछ । साथै भ्रष्टाचारीलाई कारबाही गर्न सरकारसमक्ष माग गर्दछ’, पारित प्रस्तावको चार नम्बर बुँदामा भनिएको छ ।

बृहत् वामपन्थी एकता र सहकार्यका लागि आह्नवान गरेको सो पार्टीले नेपाली कांग्रेस र एमालेको पछिल्लो समीकरणलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ ।

Leave A Reply

Your email address will not be published.