सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

तायाःमचा नृत्य प्रतियोगिता भदौमा हुने, प्रथम पुस्कार ३ लाख

पोखरा /

पोखरामा आगामी भदौ ८ गते नयाँबजार साँस्कृति समितिको आयोजनामा तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका ९ नयाँबजारमा हुनेछ ।

नेवाः खल कास्कीको आह्वानमा हुने प्रतियोगिता पोखरा ९ नयाँबजार, नेवाः मिसा पुच नयाँबजार, नेवा ल्याम्ह पुचः नयाँ बजार र नेवा कल्याणकारी गुठी नयाँबजारको सहकार्यमा हुने जनाइएको छ ।

तायाःमचा नृत्यको संरक्षण, संवद्र्धन र प्रद्र्धधन गर्ने उद्देश्यले प्रतियोगिता हरेक वर्ष आयोजना गरिएको समितिका अध्यक्ष योगेन्द्रमान बाटाजुले बताए ।

IVF Big

प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले तयाः मचा नाय नेवार समुदायको मात्र नभइ पोखरेलीको पहिचानसँग जोडिएको बताए । सँस्कृतिले एकआपसमा बाँध्ने, सामाजिक सद्भाव प्रवाह गर्ने भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार प्रतियोगितामा महिला पुरुष गरि करिब ३६ समुहले सहभागिता जनाउने अनुमान गरिएको छ । पुरुषतर्फ पहिलो हुनेले ३ लाख एक रुपैयाँ, दोस्रो हुनेले २ लाख एक रुपैयाँ र तेस्रो हुनेले १ लाख एक रुपैयाँ प्राप्त गर्नेछन् ।

महिलातर्फ क्रमश प्रथम, द्धितिय र तृतिय पुरस्कार ५० हजार एक रुपैयाँ, ३० हजार एक रुपैयाँ र २० हजार एक रुपैयाँ रहेको छ ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले प्रतियोगिताले तायाःमचा संस्कृति जीवन्त राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । मौलिक सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न नेवार समुदाय मात्र नभइ, पोखरेली, स्थानीय र सरकारको सहयोगको आवश्यकता रहेको उनले औंल्याए ।

वडा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले प्रतियोगितालाई वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सफलताको शुभकामना दिए ।

Leave A Reply

Your email address will not be published.