सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

सेती नदी बढेपछि ५ परिवार विस्थापित

पोखरा/

IVF Big

अविरल परेको वर्षाका कारण पोखराको सेती नदीमा बहाव बढेको छ । नदीमा बहाव बढेपछि किनारका ५ परिवार विस्थापित भएका छन् । पोखरा १४ गोस्ते टोलमा ५ परिवारका २३ जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

उनका अनुसार विस्थापित सबै जनालाई गोस्ते टोल विकास संस्थाको भवनमा राखिएको छ । विस्थापित हुनेहरूमा स्थानीय विष्णुमाया सुनुवारको ५ जनाको परिवार, डोल्मा शेर्पाको ७ जनाको परिवार, सुकदेव गुरुङको ४ जनाको परिवार, डावा शेर्पाको ४ जनाको परिवार र काजी शेर्पाको ३ जनाको परिवार छन् ।

Leave A Reply

Your email address will not be published.