काठमाडौँ /
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी-स्टेट प्रकरण ढाकछोप गर्नका लागि नेपाली कांग्रेस–नेकपा एमालेबिच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्यस्ता काण्डहरूबाट आफूलाई चोख्याउन कांग्रेस–एमालेले नयाँ सत्ता समीकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताएका हुन् ।
अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरू भ्रष्ट छन् भन्ने कुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए । उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्ने कुराप्रति पनि असन्तुष्टि व्यक्त गरे । संसद्को ठुलो दल काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाई थियो ।
अध्यक्ष केसीले भने, ‘मैले अहिले यहाँ देखेँ–दोहोरी । कोही यहाँ नयाँ भर्खरै आएका जस्ता, कोही चाहिँ पुराना । कतिपय चाहिँ सत्तामा बस्दा नेपालमा असाध्यै सुशासन दिएको, भ्रष्टाचार उन्मुलन गरेको, देशको सार्वभौमिकता, अखण्डताको रक्षा गरेको । त्यस्तो गरेको, नगरेको त नेपाली जनतालाई थाहा छ नि । अहिले जुन यहाँ पनि कुरा आयो । यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भुटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी स्टेटको काण्डमा दुई वटा ठुला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न । त्यस कारण यहाँ कसैले पनि रोष्टमबाट आफ्नो सफाइ दिए पनि नेपाली जनताले भोगी राखेका छन्, देखिराखेका छन् । त्यस कारणले को चोखो छ रु भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ रु त्यस कारण यसभन्दा पहिलेको जुन गठबन्धन थियो, त्यो गठबन्धन बन्नुको पछाडि के थियो रु हामी २०७४ मा वामपन्थीहरू एकै ठाउँमा भएका थियौँ नि । त्यो वामपन्थीहरूको सरकार भत्काउनुको औचित्य के थियो, त्यो भत्काएकोमा सर्वोच्च अदालतले बेठिक भयो भनेपछि फेरि अर्को चोटि पनि भत्काएको होइन रु अनि त्यसको सफाइ दिने बेलामा चाहिँ एमाले बचाउनका लागि भन्ने कुरा आयो होइन ?’
उनले थपे, ‘त्यस कारणले सबैको हविगत देखिएको छ । संसद् भित्रका राजनीतिक दलहरू साना, ठुला, नयाँ पुराना सबैलाई नेपाली जनताले देखेका छन् । जानेका छन् । बुझेका छन् । आफ्नो भ्रष्टाचारलाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन । मैले एक वर्ष पहिले नै भनेको थिए–तपाईँहरू संसदीय व्यवस्था मान्नु हुन्छ, सबैभन्दा ठुलो दलले सरकारको नेतृत्व गर्नुपर्दैनथ्यो रु किन यस बेला आएर बल्ल निन्द्रा खुल्यो । त्यो पनि सबभन्दा ठुलाले होइन, माइलो पार्टीले गर्दैछ । यसमा पनि दालमा काला हे । भोलीका दिनमा नेपाली जनताले बुझै जानेछन् । हाम्रो तपाईँहरूलाई सुझाव के हो भने–राजनीतिक पार्टीहरूप्रति नेपाली जनताको असाध्यै घृणा छ । नेपाली जनताले हामीलाई त्यसै घृणा गरेका हुन् रु किन घृणा गरिराखेका छन् भने राजनीति गर्ने भनेको कमाउने । पैसा जम्मा गर्ने । र, आउँदो चुनावलाई करोडौँ रकम जम्मा गर्ने । जोसुकै होस चाहे नयाँ आएकाका कुरा गरौँ, चाहे पुरानाका कुरा गरौँ । सरकारमा बस्नेहरूबाटै सहकारीमा अर्बौँको हिनामिना भएको होइन र रु यो नेपाली जनताले बुझेका छैनन् । यो लोकतन्त्र गणतन्त्र हामीबाटै खतरा छ । अहिलेसम्म जो भयो भयो । विगतका गल्ती कमजोरीलाई स्वीकार गरेर अघि बढ्नुपर्छ ।’
अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीहरूप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अब बन्ने सरकारले काम गर्नुपर्ने पनि बताए ।