सुचना, समाचार र मनोरन्जन
Sarangi

जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट

काठमाडौँ/

जिल्ला प्रहरी परिसर काठमाण्डौले वडा न ११ भद्रकालीमा रहेको आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान शुरु गरेको छ ।

यसअघि काठमाडौँ महानगरपालिका–१२ टेकुमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले हिजोदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान शुरु गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले वसन्तपुरमा रहेको हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि टेकुमार्फत सेवा प्रदान गर्दै आएको थियो । ८० करोड रुपैयाँको लगानीमा भद्रकालीमा बनेको भवन आठ तलाको छ ।

Leave A Reply

Your email address will not be published.