सुचना, समाचार र मनोरन्जन
Sarangi

असीमित बचत सङ्कलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या : गभर्नर अधिकारी

काठमाडौँ/

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत सङ्कलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताए । सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा उहाँले असीमित बचत सङ्कलन मुख्य समस्या रहेको बताउनुभएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

सभापति थापाकाअनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत सङ्कलन गर्न दिइएको, अन्यथा ढङ्गले बचत सङ्कलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारी स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखा परेको बताए ।

Leave A Reply

Your email address will not be published.