सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

नेपालबाट ६ सय ९० मेगावाट मात्रै विद्युत् निर्यातको अनुमति

काठमाडौँ /

नेपाल विद्युत प्राधिकरणले भारतले अनुमति दिएमा झण्डै १६ सय मेगावाट बिजुली निर्यातको संरचना बनिसकेको जनाएको छ।

दुई देशबीच बिजुली व्यापारको लागि चाहिने प्रशारणलाइन र सवस्टेशनको अहिलेको क्षमताले १५ सय ८० मेगावाट बिजुली निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ । तर भारतले अहिलेसम्म ६ सय ९० मेगावाट बिजुली आयात अनुमति दिएकाले नेपालले यो भन्दा धेरै परिमाणमा बिजुली निर्यात गर्न पाउँदैन ।

IVF Big

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गएको वर्ष भएको भारत भ्रमणको क्रममा ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री मोदीबीच १० वर्षमा नेपालले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सहमतिमा हस्ताक्षर भइसकेको छ । तर अहिलेसम्म नेपालले ६ सय ९० मेगावाट मात्रै निर्यातको अनुमति पाएको छ ।

नेपालले तत्कालै १२ सय मेगावाटको बिजुली निर्यातको अनुमति मागेको छ । तर भारतले अनुमति दिन आनाकानी गरिरहेको छ । विद्युत् प्राधिकरणले सन् २०३० सम्म १२ हजार सात सय मेगावाटसम्म निर्यात गर्न सकिने संरचना तयार भइरहेको पनि जानकारी दिएको छ ।

अहिलेसम्म नेपाल र भारतबीच ४०० केभीको एउटा मात्रै ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन सञ्चालनमा छ । यो प्रसारणलाइनबाट जम्मा ८ सय मेगावाट बिजुली आदान प्रदान गर्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.