सुचना, समाचार र मनोरन्जन

भरतपुर अस्पतालमा ओपिडी काउन्टर थपियो

भरतपुर/

भरतपुर भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्दै जादा ओपिडी काउन्टर थप गरिएको छ । अस्पतालले ५ वटाबाट बढाएर ८ वटा ओपिडी काउन्टर बनाएको हो।

Gokarna Karki

अस्पतालका मेसु प्रा।डा कृष्णप्रसाद पौडेलले बिरामीको भिड भयो भन्ने गुनासोलाई मध्यनजर गर्दै ३ वटा काउन्टर थप गरिएको जानकारी दिए । ‘ बिहान ५ बजेनै टिकटलाई बिरामीहरू आएको देखिन्छ जुन आवश्यक छैन। ’ उनले भने, ‘भरतपुर अस्पतालमा ओपिडीको टिकट काट्न अबदेखि १०–१५ मिनेट मात्र समय लाग्नेछ ।’ ओपिडीको अनलाइन ‘टिकेटिङ’को सुविधा भएपनि हाललाई बिमातर्फ केही समय स्थगित गरिएको उनले उल्लेख गरे ।

जिओपिडी बिहान ८ बजेदेखि बेलुकि ५ बजेसम्म दुई सिफ्टमा सञ्चालित छन । डेन्टल ओपिडी ९ः३० देखि बेलुकी ५ सम्म र अन्य ९ः३० देखि ३ बजेसम्म सञ्चालित छन् ।

एक बजेपछि विशेषज्ञ चिकित्सकहरूलाई रू पाँच सयको टिकट काटि ‘पेईङ’मा देखाउन सकिने समेत उनले बताए । ‘बिमाको औषधि थप्न बिहान ७ बजे नै खुल्ने गरि रिफिल काउण्टरको व्यवस्था छ । टिकट काउण्टरहरू अपाङ्गता भएकास७० काटेका जेष्ठ नागरिकस महिला÷गर्भवतीस जिओपिडीस मेडिकल ओपिडी अर्थोपेडिक सर्जरीलाई छुट्टाछुट्टै ओपिडी काउण्टर रहनेछन्।’ मेसु पौडेलले भन्नुभयो । अस्पतालमा बिल काउण्टर ८ वटासञ्चालित छन् ।

चितवन र यस वरपरका १२ जिल्लाका बिरामीहरुको भरोसाको केन्द्र रहेको भरतपुर अस्पतालमा दैनिक दुई देखि तीन हजार बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.