सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

लाइसेन्स निलम्बनपछि पतञ्जलीले १४ उत्पादनको बिक्री रोक्यो

एजेन्सी/

रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले १४ वटा उत्पादनको बिक्री वितरण रोकिएको स्पष्ट पारेको छ । मंगलबार भारतीय सर्वोच्च अदालतमा यसबारे भएको वहसका क्रममा पतञ्जलीले स्टोरहरुमा रहेका यी १४ उत्पादन फिर्ता समेत मगाइएको जानकारी गराएको छ ।

न्यायधिश हिमा कोहली र सन्दीप मेहताको इजलासमा पतञ्जलीले ५ हजार ६०६ फ्रेन्चाइज स्टोरलाई यी १४ उत्पादन फिर्ता लिन निर्देशन दिएको स्पष्ट पारेको हो । त्यस्तै विभिन्न मिडिया तथा डिजिटल प्लेटफर्ममा यी १४ उत्पादको विज्ञापन फिर्ता लिन भनिएको पतञ्जलीले जनाएको छ ।

अदालतले भने विज्ञापन हटाउन सामाजिक सञ्जाललाई गरिएको अनुरोध स्वीकार भएको छ, छैन रु विज्ञापन फिर्ता भएको सुनिश्चितता पत्र दुई साताभित्र पेश गर्न पतञ्जलीलाई निर्देशन दिएको छ । सो इजलासले मुद्दाको अर्को सुनुवाइ जुलाई ३० का लागि तोकेको छ ।

IVF Big

यसअघि अप्रिलमा उत्तराखण्ड राज्यको लाइसेन्सिङ प्राधिकरणले १४ उत्पादनको लाइसेन्स निलम्बन गरेको थियो । निलम्बन भएका १४ उत्पादनमा स्वसारी गोल्ड, स्वसारी वटी, ब्रोन्कोम, स्वसारी प्रहवी, स्वसारी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपीदोम, बीपी ग्रिट, मधुग्रिट, मधुना सिनीवती एक्स्ट्रा पावर, पतन्जली दृष्टि आई ड्रप, आईग्रिट गोल्ड, लिवोग्रिट र लिवाम्रित एडभान्स छन् ।

भारतीय मेडिकल एसोसिएसन ९आईएमए०को कोभिड खोप अभियान र औषधिको आधुनिक प्रणालीविरूद्ध पतञ्जलीले फोहोरी अभियान चलाएको आरोप लागेको छ । आफ्ना उत्पादनको भ्रामक प्रचार गरी औषधिको आधुनिक प्रणालीविरुद्ध अभियान चलाएको भन्दै परेको मुद्दाबारे अदालतमा सुनुवाइ जारी छ।

यसअघि नै सर्वोच्चले लाइसेन्स निलम्बन भएका उत्पादन बिक्री नगर्न पतन्जलीलाई भनेको थियो । ‘लाइसेन्स निलम्बन भएमा उत्पादन बेच्नु हुँदैन, सूचना जारी गर्नुपर्छ’ अदालतका न्यायाधीश अमानुल्लाहले भनेका छन् । पतञ्जलीललाई उत्पादन रोक्नको लागि विभिन्न निकायबाट दिइएका निर्देशनका बाबजुद भ्रामक विज्ञापन जारी राखेको आईएमएको आरोप छ ।

उत्तराखण्ड लाइसेन्सिङ प्राधिकरणले पहिले नै सर्वोच्च अदालतलाई पतञ्जली आयुर्वेद लिमिटेड र दिव्या फार्मेसीका १४ उत्पादनको लाइसेन्स निलम्बन गरिएको जानकारी गराएको थियो ।

अदालतले भ्रामक विज्ञापन मुद्दामा योग गुरु रामदेव, उनका सहयोगी बालकृष्ण र पतञ्जली आयुर्वेद लिमिटेडलाई अवहेलना नोटिस जारी गरेको थियो ।

Leave A Reply

Your email address will not be published.