सुचना, समाचार र मनोरन्जन

म्याग्दीको ताकममा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गयो

म्याग्दी/

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको ज्यान गएको छ । पहिरोले घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको ज्यान गएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।

Gokarna Karki

उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.