सुचना, समाचार र मनोरन्जन

चितवन पहिरोः सडक एकतर्फी खुल्यो

काठमाडौँ/

नारायणगढ मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो ।

पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्‍ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी इन्द्रदेव यादवले जानकारी दिए । सडक खुलाएर केही गाडी जान दिए पनि निरन्तर वर्षासँगै माथिबाट ढुंगा झर्न नरोकिएकाले गाडी चल्न सकेका छैनन् ।

‘वर्षा भइरहेको छ । बाटो सकभर छिटो खुलाउने प्रयासमै छौं । तर पानी पर्न नरोकिएकाले माथिबाट ढुंगा पनि खस्न छोडेको छैन’, डीएसपी यादवले भने, ‘बाटो खुल्न अझै केही समय लाग्छ ।’

पहिरो खस्दा अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्डकै कालीखोला क्षेत्रको सडक खुलाउन भने केही समय लाग्ने भएको छ । पहिरोले सडक रातिदेखि नै अवरुद्ध छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एसपी खड्कबहादुर खत्रीले दिएको जानकारी अनुसार कालीखोलामा माथिबाट ठूलो पहिरो झरेकोले पन्छाउन समय लाग्नेछ ।

Leave A Reply

Your email address will not be published.