सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउमा आयौं: योगेश भट्टराई

काठमाडौं /

नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस(एमाले एक ठाउमा आउनु परेको बताएका छन्।

IVF Big

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला दल मिलेको बताएका छन्।

भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा आक्रोश पोखेको र गलत सूचना दिएको आरोप लगाएका छन्। उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्ने, विदेश गइरहेका युवाहरुलाई देशमै अवसर सिर्जना गर्नुपर्ने अवस्थामा संसद विश्वासको मत लिने विषयमा मात्र केन्द्रित भएर बस्न नसक्ने बताए।

सांसद भट्टराईले कांग्रेस र एमाले एक ठाउमा आउनुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गरे। उनले सामान्यता संसदका दुई ठूला दल मिलेर सरकार बनाउनुलाई राम्रो मानिदैन। तर अहिले बाध्यात्मक अवस्थामा दुई दल एकठाउमा आउनुपरेको स्पष्ट गरे।

Leave A Reply

Your email address will not be published.