सुचना, समाचार र मनोरन्जन

पोखरा पहिरोमा पुरिएका सातमध्ये पाँच जनाको सामुहिक अन्त्येष्टी

पोखरा /

गएराति कास्कीमा पहिरोमा परी मृत्यु हुनुभएका पोखरा महानगरपालिका-१९ तल्लाकोट टारीका पाँच जनाको सामुहिक अन्त्येष्टी गरिएको छ ।

उनीहरुको सेती नदीस्थित चिन्तेबगर घाटमा सामुहिक अन्त्येष्टी गरिएको हो। घटनामा परी स्थानीय ४६ वर्षे कुलबहादुर परियार, उनकी श्रीमती वर्ष ४३ की मनकुमारी परियार, उनकी आमा वर्ष ८५ की लक्षीमा परियार, कुलबहादुरकी छोरी वर्ष १५ की प्रशना परियार, ५६ वषिया राधिका परियार, विवाह भएकी छोरी वर्ष २० की प्रभा परियार {माइत आएकी}, उनका ज्वाई स्याङजा अर्जुनचौपारी निवासी वर्ष २५ का अस्मित परियार {ससुराली आएको}को ज्यान गएको थियो।

घटनामा ज्यान गुमाएका सातमध्ये विवाह भएकी छोरी प्रभा र उनका ज्वाई अस्मित परियार बाहेक अन्य पाँच जनाको शुक्रबार चिन्तेबगर घाटमा सामुहिक अन्त्येष्टी गरिएको हो। प्रभा र अस्मितको शव यतिवेला मणिपाल शिक्षण अस्पतालमा राखिएको छ। उनीहरुको शवलाई गृह जिल्ला स्याङजा लैजाने तयारी गरिएको छ।

अन्त्यष्टीमा पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पोखरा १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सीना लगायतका जनप्रतिनिधिहरु तथा स्थानीयवासीहरु पुगेका थिए। उक्त घटनामा परी स्थानीय ३१ वर्षका कुमार परियार र वर्ष १७ का कुलबहादुरका कान्छा छोरा पवन परियार घाइते भएका छन्।

त्यसैगरी गएराति करिव २ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा पहिरोमा परी स्थानीय वर्ष १८ की अनिता ओझा, वर्ष ११ की अनुष्का ओझा तथा वर्ष ९ का प्रतिक सुवेदीको पनि ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ।

उक्त घटनामा परी ४० वर्षीया घरधनी आरती ओझा घाइतेभ एकोमा उनको अहिले पश्चिमाञ्चल क्षत्रीय अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी गएराति करिव १ बजेको समयमा कास्कीको मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्ले भन्ने स्थानमा पहिरोमा परी ८० वर्षीया माईतीकुमारी गुरुङको पनि ज्यान गएको छ। उक्त घटनामा मृतक माईतीकुमारीका छोरा ५५ वर्षका ओमबहादुर गुरुङलाई भने स्थानीयको सहयोगमा प्रहरीले सकुशल उद्दार गरेको छ।

Leave A Reply

Your email address will not be published.