सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय राजमार्गका १८ वटा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौँ/

कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका ठाउँमा लेदोसहित ढुङ्गा झरेर अवरुद्ध भएको सडक आज दिउँसोदेखि सञ्चालनमा आएको हो ।

Gokarna Karki

वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ । यस वर्ष बर्खा शुरु भएपछि राष्ट्रिय राजमार्गका दुई सय ८४ ठाउँमा अवरोध भएकोमा एक सय २६ ठाउँको अवरोध पूर्णरूपमा हटेको छ । एक सय ४० ठाउँमा अहिले पनि एकतर्फी मात्रै गाडी चलिरहेका छन् भने १८ वटा सडक अझै पूर्णरूपमा अवरुद्ध रहेका छन् ।

यसैबीच अहिले देशको पूर्वी तथा मध्य क्षेत्रको केही ठाउँमा सामान्य वर्षा भइरहेको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कोशी, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.