सुचना, समाचार र मनोरन्जन

अहिलेसम्म देशभर ६७ दशमलव ३ प्रतिशत रोपाइँ

काठमाडौँ/

अहिलेसम्म देशभर ६७ दशमलव ३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

कोशी प्रदेशमा ६१ दशमलव ७ प्रतिशत, मधेश प्रदेशमा ६१ दशमलव ५ प्रतिशत, बाग्मती प्रदेशमा ६९ दशमलव २ प्रतिशत, गण्डकी प्रदेशमा ७५ प्रतिशत, लुम्बिनी प्रदेशमा ६६ दशमलव ७ प्रतिशत, कर्णाली प्रदेशमा ७८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिनुभयो ।

यो हप्ता पानी परेकाले गएको हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।

Leave A Reply

Your email address will not be published.