सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री ओलीले साउन ६ गते देशवासीलाई सम्बोधन गर्ने

काठमाडौँ/

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

Gokarna Karki

उनले आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदमा साउन ६ गते सम्बोधन गर्न लागेको पुष्टि गरे ।

‘साउन ६ गते प्रधानमन्त्रीज्यूले संसदबाट देशवासीलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, उनले रातोपाटीसँग भने, ‘फेरिएको राजनीतिक परिस्थिति र मुलुकको यथार्थबारे संसदबाट जानकारी दिने तयारी छ ।’

Leave A Reply

Your email address will not be published.