सुचना, समाचार र मनोरन्जन

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए

काठमाडौँ/

 श्रम बैंक मार्फत काठमाडौँ महानगरक ९१२ जनाले  रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको प्रमुख बालेन शाहले जानकारी दिए ।

Gokarna Karki

काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो ।

यो योजना सुरुवात भएको आर्थिक वर्ष २०८०–८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरी जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका शाहले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.