सुचना, समाचार र मनोरन्जन

कमैया मुक्ति घोषणा भएको २४ वर्ष पूरा

कैलाली/

सरकारले ऋण मिनाहासहित पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरेको २४ वर्ष पुगेको छ । २०५७ साल साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । तर अझै पनि आफूहरु पुनःस्थापनको पर्खाइमा रहेको कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरीले बताए ।

कमैया मुक्तिको घोषणा गरे पनि आफूजस्तै सयौँ परिवार पुनःस्थापनाको पर्खाइमा रहेको उहाँको भनाई छ । कमैयाले आफ्नो क्षमतामा बस्ने बाससम्म बनाउन नसकेको अवस्था छ । पटक(पटक आश्वासन पाएको तर सहारा नपाएको चौधरीजस्तै मुक्त कमैयाको गुनासो छ । ञहिजो अरुको घरमा काम गर्दा आफ्नो स्वतन्त्रता थिएन, आज स्वतन्त्रता छ, फरक त्यतिमात्र होझ शिवनगरकै रामफल चौधरीको भनाई छ ।

दुई दशक पहिला टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा अतिक्रमण गरेर सयौँ मुक्तकमैया आश्रय लिएका र अहिलेसम्म बसोबास गर्दै आएका छन् । त्यस क्षेत्रमा मुक्त कमैयामात्र नभई सयौँ सुकुम्बासी पनि बसोबास गर्दै आएका छन् ।

मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका सचिव विमल चौधरीले कैलालीमा अझै चार हजार दुई सय छुट मुक्त कमैयाको पुनःस्थापना गर्न बाँकी रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा झण्डै १२ हजार मुक्त कमैया परिवार छन् । मुक्त कमैया व्यवस्थापन गर्न तीनै तहको सरकारसँग समन्वय र सहकार्य गर्दै आएको सचिव चौधरीले बताए।

मुक्त कमैया दिवसको अवसर पारेर टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकालगायतका पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

Leave A Reply

Your email address will not be published.