सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान

काठमाडौं /

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन्।

गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गरेका हुन्। प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरे।

यसैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे। छिन्नलता गीत, संगीत र गायन पुरस्कारको राशी जनही रु एक लाखको छभने युवा पुरस्कार रु ५० हजारको छ।

Leave A Reply

Your email address will not be published.