सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

आज आउने भनेको मौद्रिक नीती स्थगित

काठमाडौ/

चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। तयारी नपुगेको भन्दै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

IVF Big

केही ठाउँबाट आउनुपर्ने तथ्याङ्क पनि आइनसकेको र पछिल्लो राजनीतिक घटनाक्रमले परिस्थिति पनि केही परिवर्तन भएकाले मौद्रिक नीतिको तयारी नपुगेको बुझिएको छ ।

स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा डा.युबराज खतिवडालाई नियुक्त गरेपछि मौद्रिक नीतिमा उहाँले पनि चासो राखेको र बिफ्रिङ गर्नुपर्ने भएकाले मौद्रिक नीति सार्वजनिकको मिति अर्को हप्तालाई सारिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री बिष्णु पौडेललाई मौद्रिक नीतिबारे यसअघि नै जानकारी गराइसक्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.