पोखरा /
लायन्स अन्तर्राष्ट्रियले लायन्स डिष्ट्रिक ‘जे’की गभर्नर मिलन थापालाई सम्मान गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रियले तोकेको समय सीमा भित्रमा विश्वमै सबै भन्दा धेरै १७ वटा भन्दा बढी क्लबहरु १८ दिनमा नै स्थापना (चार्टर्ड) गर्न सफल डिष्ट्रिक ३२५ ‘जे’ नेपालकी गभर्नर थापा सम्मानित गरेको हो ।
लायन्स अन्तराष्ट्रियले तोकेको जुलाई १८ भित्र बिश्वमै सवै बढी १७ क्लव स्थापना (चार्टर) गर्न सफल भएकी थापालाई लायन्स अन्तराष्ट्रिका अध्यक्ष फोब्रिसियो वलिभेराले बिहिबार आयोजित एक कार्यक्रमकाबीच ‘हाईएस्ट क्लव चार्टर अवार्ड’ बाट सम्मान गरेका थिए।
लायन्स अन्तराष्ट्रियको मिसन टास्क अन्तरगत तोकिएको समय सिमाभित्र चार्टर भएका क्लब संख्याका आधारमा बिश्वभरीमै सबैभन्दा धेरै क्लब चार्टर गर्न सफल गभर्नर थापालाइ अन्तराष्ट्रिय अध्यक्ष फोब्रिसियो वलिभेराले काठमाण्डौंमा आयोजित कार्यक्रमा सम्मान गरेको कुरा डिस्ट्रीक्ट जे का मार्केटिङ्ग चिफ शोभाकान्त बस्यालले जानकारी दिए ।
उक्त कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष फेब्रीसियो ओलिभेरा, उहाँको प्रथम लेडि अमार्लेस ओलिभेरा पुर्ब अन्तर्राष्ट्रिय डाइरेक्टर सन्जय खेतान, बर्तमान अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, नेपालका सम्पुर्ण गभर्नरहरु लगायत नेपालका पहिलो लियो प्रेसिडेन्ट, ब्यवसायी तथा सांसद बिनोद चौधरीको उपस्थिति रहेको थियो।