पोखरा /
सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको १ सेक्सन विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले हर्पन खोलामा पौडी खेल्ने क्रममा डुवेका २ युवाको शव उद्धार गरेको छ ।
घाँटी छिन्ना स्थित हर्पन खोलामा २ जना व्यक्ति पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त हुनासाथ २ जना ब्यक्तिहरुको शव १६:३० बजे उद्धार गरि पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको कालिका गण कास्कीका गणपति एसपी अरुण शर्माले बताए।
पौडी खेल्ने क्रममा डुब्नेहरु पोखरा म.न.पा. १ मोहरिया टोल बस्ने वर्ष १८ का प्रकृत बुद्धचार्य र पोखरा म.न.पा २ बाग्लुङ बसपार्क बस्ने वर्ष १८ का स्वयम ताम्राकार रहेको समेत गणपति शर्माले जानकारी दिए ।