सुचना, समाचार र मनोरन्जन

कुमुदिनीमा शैक्षिक परामर्शका कार्यक्रम सम्पन्न

पोखरा/

पोखराको गैह्रापाटनमा रहेको प्रशिद्ध विद्यालय कुमुदिनी होम्स माविमा आज दुईवटा शैक्षिक परामर्शका कार्यक्रम सम्पन्न भएका छन् ।

Gokarna Karki

बिहानको पहिलो सत्रमा कक्ष ८ देखि ९ सम्मका विद्यार्थीहरुका लागि र पूर्वान्ह ११ वजेदेखि कक्षा ११ का विद्यार्थीलाई उनीहरुका अभिभावकसंगै शैक्षिक परामर्शको कार्यक्रम गरिएको हो ।

सो अवसरमा विद्यार्थीहरुलाई टीका, फूलमाला तथा अभिभावकलाई खादा लगाएर स्वागत गरिएको थियो । सो अवसरमा सहायक प्राचार्य मुकेश अधिकारीले टीका, मन बहादुर भुजेलले खादा तथा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले फूलमाला लगाई दिएका थिए ।

अध्यक्ष पालिखेले पढाईको साथसाथै जीवनको लक्ष्य सधैं उच्च राख्न विद्यार्थीलाई आग्रह गरे । तपाँई अभिभावकहरु धेरै भाग्यमानि हुनुहुन्छ किनभने आफ्ना बच्चाहरुलाई अध्ययनका लागि हाम्रो जिम्मामा छोड्नु भएको छ । म के विश्वास दिलाउँछु भने, हामीले शिक्षाका लागि कुनै र कसैसंग सम्झौता गर्दैनौ, यो हाम्रो वाचा हो ।
हामीकहाँ आउने विद्यार्थीले शिक्षा मात्रै सिक्दैनन्, अब उनीहरुले एआईको प्लेटफर्ममा आफुलाई तल्लिन बनाउन हिम्मत राख्नेछन् । अत्याधुनिक प्रविधियुक्त प्रयोगशालासंगै बिज्ञानको शिक्षा, व्यवस्थापन र रोजगार ग्यारेन्टी हुने होटल म्यानेजमेन्टको पढाई पनि गर्नेछन् । नेपाली संस्कार, संस्कृति र प्रकृति, वातावरण र सभ्यताको अध्ययन अनुभव गर्न पाउनेछन् ।

पालिखेले कक्षा ११ का व्यवस्थापन, साईन्स र होटल म्यानेजमेन्टका गरी १६० विद्यार्थीहरु सो शैक्षिक परामर्शको कार्यक्रममा आफ्ना अभिभावकसंगै उपस्थित भएको जानकारी दिए ।

काठमाडौंबाट आएका वरिष्ठ शिक्षाविद्, एनएलपि कोच जोस बहादुर निरौलाले विद्यार्थीहरु अब १० वर्षे स्कुले जीवनबाट माथिको खुड्किलोमा उक्लिएकोले नयाँ ढंगले, नयाँ जोशले कौतुहलताका साथ अध्ययनमा समर्पित हुनुपर्ने बताए ।

जोसले सुझाए कि, हामीले पहिले घर बनाउनु पर्छ । हामीले हाम्रो घर बलियो बनाएनौ भने घर भत्किन्छ । घर भत्किनु भनेको देश नै भत्किनु हो । यदी यसो हो भने देश भत्काउने हाम्रो काम हो त ? होईन पक्कै होईन । यसका लागि परिवारबाट हरहमेसा विद्यार्थीसंग, छोराछोरीसंग खुलेर कुराकानी गर्ने, संवाद गर्ने, उनीहरुलाई चोट लाग्ने किसिमका कुराहरु गर्नु हुँदैन ।

रिसले, झोंकले आगो सल्काउन सक्छ, बिगार्न सक्छ त्यसैले बच्चाहरुसंग मितव्ययी व्यवहार गरौं र विद्यालयले उनीहरुलाई दिने शिक्षाले लेखेर राख्नोस् आईन्सटाईन, देशकै राष्ट्रपति, प्रधानमन्त्री, कलेजका प्रमुख, अन्तराष्ट्रिय छवि बनाएका कलाकार, साहित्यकार वा लेखकजस्ता जो कुनै बन्न सक्छन् ।

विद्यार्थीकाल भनेको उकालो चढिरहने समय हो । उत्कसुकताले भरिएको र नयाँ नयाँ क्रियसनको समय भएकोले बच्चाहरुलाई उनीहरुको पढाई प्रोजेक्टमा हामीले प्रफुल्ल भएर सघाउनु पर्ने लाईफ कोच निरौलाको भनाई थियो ।
प्लस टु बिज्ञान संकाय संयोजक कृष्ण अधिकारीले संचालन गरेको कार्यक्रममा सहप्राचार्य मुकेश कुमार अधिकारीले विद्यार्थी अब देशका मात्रै नभएर ग्लोबल सिटिजन भईसकेकोले अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो पहुँच पुर्याउने गरी लगनशील भएर अध्ययन गर्नुपर्ने बताए ।

भोलि के हुने भन्ने कुरो आजै देखिको मेहनतले मात्रै पूरा गर्न सकिन्छ । अबको दुई वर्षमा विद्यार्थीको, लगनशीलता र विद्यालयको पढाईले बिद्यार्थीहरुलाई बिचलित नभई कर्तव्यवोध गराउने अधिकारीले बताए ।

सहप्राचार्य मन बहादुर भुजेलले प्रतिष्पर्धि बजारको भिडमा कुमुदिनीमा बच्चाहरु अध्ययन गर्न ल्याउनु हुने अभिभावकलाई आभार व्यक्त गर्दै उनीहरुलाई सहि गन्तव्य देखाउने जिम्मेवारी आफुहरुको भएको बताए ।

२०४४ सालमा स्थापना भएको विद्यालय ३७ औं वर्षमा चलिरहेको छ । उनले भने, यहाँ पढेका विद्यार्थीहरु पियु, टियु, इन्जिनियरिङ कलेजमा स्कलरसिपमा पढिरहेका छन्। साथै उनले उनीहरु केहि यूरोप, अमेरिका, जापान लगायतका देशमा पढिरहेको बताए । आफ्नो भनाई अन्त्य गर्दै भने, बिद्यार्थीले भुल्नै नहुने कुराहरु चारवटा डि- डिजाई, डिसिप्लिन, डेडिकेशन र डिग्निटी हुन् यसैमा अडिग रहे सफलताबाट बिमुख हुनुपर्दैन।

म्यानेजमेन्ट संकायका संयोजक विकास ढुंगानाले व्यवस्थापकीय पक्षका बारेमा जानकारी दिए । उनले व्यवस्थापन, होटल म्यानेजमेन्टबारे सुझाउदै अति आवश्यक तथा जेहेन्दार बिद्यार्थीलाई स्कलरसिपको व्यवस्था रहेको बताए । साइन्सका संयाेजक कृष्ण अधिकारीले साइन्सकाे पढाई र बिद्यार्थीकाे नतिजा उत्कृष्ट रहँदै आएकाे र आगामी दिनमा पनि बिज्ञान शिक्षण् सिकाइका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

सो अवसरमा विद्यार्थीले विभिन्न भेषभुषामा सजिएर नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष अशोक पालिखेले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.