सुचना, समाचार र मनोरन्जन

पोरिम्ला नाका ६ वर्षपछि खुल्दै

डोल्पा/

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । चीनको सिमानामा पर्ने मोरिम्ला नाका कोरोना महामारीपछि बन्द थियो । नाका यही साउन १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म एक हजार आठ सयभन्दा धेरैको सङ्ख्यामा प्रवेशाज्ञा जारी गरेको छ ।

Gokarna Karki

उपल्लो डोल्पावासीको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको नाका लामो समयपछि खुल्न लागेकाले सीमाक्षेत्र आसपासमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर जाँचमा कडाइ गरिने उहाँले बताउनुभयो । अवैध तथा प्रतिबन्धित वस्तु ओसारपसार गर्न नदिन डिभिजन वन कार्यालयले समेत निगरानी गर्ने भएको छ ।

१५ दिनका लागि मात्र खुल्ने नाकाबाट उपल्लो डोल्पावासीले चामल, नुन, तेल, चिया, लत्ताकपडा, घिउ, चिया, पेयपदार्थलगायत खाद्यवस्तुको किनमेल गर्ने गर्छन् । यसरी खरिद गरिएका सामग्री घोडा, खच्चड, याक, चाैँरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ ।

उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकलाई सदरमुकाम झरेर सामान किन्न एक सातासम्म लाग्नुका साथै महँगो पनि पर्छ । डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिनमै मोरिम्ला नाका पुग्न सकिन्छ ।

यस वर्ष तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकामा व्यापारिक मेला लाग्ने भएकाले सामान सस्तो पाइने डोल्पोबुद्ध गाउँपालिकाका पेमाछेवाङ गुरुङले बताउनुभयो । यस वर्ष उपल्लो डोल्पामै पर्ने क्याटो नाका भने नखुल्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.