सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

अन्नपूर्णमा शिक्षक सङ्गठनले बुझायो ज्ञापन पत्र

पोखरा/
नेपाल राष्ट्रिय शिक्षक संगठन, अन्नपूर्ण गाउँपालिका समितिले शैक्षिक मुद्दामा आफ्ना मागहरु राख्दै शुक्रबार अन्नपूर्ण गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ।
नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको आह्वान तथा गण्डकी प्रदेश समितिको निर्णय बमोजिम शुक्रबार गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, ११ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई एवम् ८५ वटै स्थानीय तहहरूमा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत अन्नपूर्ण गाउँसमितिले विभिन्न शैक्षिक एवम् समसामयिक विषयहरूमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीलाई ज्ञापन पत्र बुझाउँदै सङ्गठनका गाउँपालिका समिति अध्यक्ष हरिप्रसाद भण्डारीले संघीय कानुनसँग बाझिने गरी स्थानीय तहले आफू खुसी नियमावली तथा कार्यविधि बनाई शिक्षकहरूको हुर्मत लिने कार्य गरेकाले यसलाई तुरून्त रोक्नुपर्ने, शिक्षकका पेसागत संगठनहरूसँग भए गरेका सम्झौताहरूको हुबहु कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए । ज्ञापनपत्रमा संघीय र प्रादेशिक तहबाट पुरा गर्नुपर्ने अन्य मागहरुका साथसाथै स्थानीय तहबाट पुरा गर्नुपर्ने २१ वटा मागहरु प्रस्तुत गरिएको थियो ।

IVF Big

ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्षले आफ्नो तर्फबाट माग पूरा गर्न सक्दो सहयोग गर्ने र कतिपय मागहरू पूरा गर्न संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “तपाईँहरुले उठाएका २१ वटा बुँदा मात्र पुरा गर्न सके पनि हाम्रो गाउँपालिकाको शिक्षामा उपलब्धिपूर्ण सुधार हुनेमा म ढुक्क छु । हामीले हाम्रो पहिलो प्राथमिकतामा शिक्षालाई राखेका छौँ । तपाईँहरुले बेलाबेलामा हामीलाई झकझकाइरहनुहोला, हामी यी सबै बुँदाहरु एक वर्ष भित्र पुरा गर्न तयार छौँ ।”

सङ्गठनका सचिव किर्तीराज ढकालले सञ्चालन गरेको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अन्नपूर्ण गाउँपालिका समितिका उपाध्यक्ष हरि केसी, सहसचिव सुनिता पौडेल ओझा, सचिवालय सदस्य तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.