सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

संसद बिहीबार बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ।

काठमाडौं /

सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

संसद बिहीबार बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ।

IVF Big

बुधबार बसेको प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले बैठक सञ्चालन तथा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

अधिवेशन अन्त्य हुँदै गर्दा सङ्क्रमणकालीन न्यायसम्बन्धी सङ्क्रमणकालीन न्याय {टीआरसी} र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक अर्को अधिवेशनमा सरेको छ।

टीआरसी संसदीय समितिमै छ भने सम्पत्ति शुद्धीकरण {मनि लाउण्डरिङ} निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट पारित भएर प्रतिनिधिसभा पेस भएको छ।

Leave A Reply

Your email address will not be published.