सुचना, समाचार र मनोरन्जन

साउनको पहिलो सोमवार, पशुपतिसहित शिव मन्दिरहरुमा दर्शनार्थीको घुइँचो

काठमाडौ/

आज साउनको पहिलो सोमवार, पशुपतिनाथ लगायतका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

Gokarna Karki

पशुपति क्षेत्रमा साउने सोमवारका लागि सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपतिनाथमा दर्शनार्थीका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको अधिकारीले जानकारी दिए ।

पशुपतिनाका चारै ढोका आज बिहान साढे तीन बजेदेखि नै खुला गरिएको छ । साउनको सोमवार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गरेका छन् ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भिड लाग्ने गर्छ ।

Leave A Reply

Your email address will not be published.