सुचना, समाचार र मनोरन्जन

भारतले नेपाललाई ७ अर्ब भारु अनुदान दिने

काठमाडौँ/

भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४÷०२५ मा सात अर्ब भारतीय रुपैयाँ (भारु) अनुदान दिने भएको छ ।

Gokarna Karki

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेटमा नेपाललाई सात अर्ब भारतीय रुपैयाँ अनुदादन दिने उल्लेख गर्नुभएको हो । यो रकम चालू आर्थिक वर्षमा दिएको भन्दा ५० करोड भारतीय रुपैयाँले धेरै हो ।

भारतले आउँदो आर्थिक वर्ष भुटानलाई २० अर्ब ६८ करोड भारु अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ । यस्तै भारतको आउँदो वर्षको बजेटमा मालदिभ्सलाई चार अर्ब, म्यानमारलाई दुई अर्ब ५० करोड, श्रीलङ्कालाई दुई अर्ब ४५ करोड, अफगानिस्तानलाई दुई अर्ब, बङ्गलादेशलाई एक अर्ब २० करोड, अफ्रिकी देशलाई दुई अर्ब र मङ्गोलियालाई पाँच करोड भारु अनुदान उपलब्ध गराउने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.