सुचना, समाचार र मनोरन्जन

स्रोत नखुलेको १२ लाखसहित तनहुँबाट २ जना पक्राउ

तनहुँ/

स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् ।तनहुँको व्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका(५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका(१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो ।

काठमाडौंबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।

Leave A Reply

Your email address will not be published.