पोखरा/
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारतको नयाँदिल्ली जाने भएका छन् । घुँडासम्बन्धी समस्याको उपचारका लागि मुख्यमन्त्री पाण्डे शनिबार दिल्ली उड्दै छन् ।
भारत जाने भएपछि पाण्डेले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई दिएका छन् ।
मुख्यमन्त्री पाण्डे नियमित उपचारका लागि दिल्ली जान लागेको प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । उनका अनुसार पाण्डे ४ दिनपछि फर्किने छन् ।