सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध

लमजुङ/

पहिरोले डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।

IVF Big

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेंसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका-६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे भिरमा ठूला-ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेंसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।

Leave A Reply

Your email address will not be published.