सुचना, समाचार र मनोरन्जन
Sarangi

समाजसेवि रञ्जित दम्पति द्वारा सहयोग हस्तान्तरण

पोखरा/

पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा अध्ययनरत २ जना बालकहरुलाई सोहि विद्यालयका अक्षयकोष दाता पोखरा रामवजार निवासी बैकुण्ठ रञ्जितकार र उहाँकी धर्मपत्नी पूर्णीमा रञ्जितकारले एक कार्यक्रमका विच शैक्षिक सामाग्री हस्तान्तरण गरे ।

समाजसेवी रञ्जित दम्पतिले सहयोग गत शैक्षिक सत्र देखि उक्त विद्यालयमा सहयोग प्रदान गर्न सुरु गरेका थिए , उक्त क्रममा कक्षा ६ मा अध्ययनरत मनिष नेपाली र कक्षा ८ मा अध्ययनरत रविन सुनारको कक्षा १२ सम्मको सम्पुर्ण शैक्षिक खर्च आफूले प्रदान गर्ने वताए । कार्यक्रमका क्रममा सहयोगित विद्यार्थीहरुलाई विद्यालय पोशाक १ सेट, झोला १ थान, कापिहरु, ज्यामित बक्स १ थान, जुत्ता १ सेट र डटपेनहरु सहित रेनकोट समेत प्रदान गरिएको थियो । सोहि क्रममा सहयोगि दाता रञ्जित दम्पतीले सहयोग प्राप्त गर्ने विद्यार्थीहरुका अभिभावकहरुलाइ समेत १/१ थान साडि र सर्ट समेत प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले दाता हरुलाई महान कार्यप्रति आभार व्यक्त गरेकी थिइन् , सोहि क्रममा समाजसेवी एवम् विद्यालयका अक्षयकोष दाता रञ्जित दम्पतिलाइ विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालिले कठिन अवस्थाका वालवालिकाहरुलाई सहयोग प्रदान गर्ने पुण्य काम गरेकोमा समग्र विद्यालयको तर्फवाट खुसि एवम् धन्यवाद व्यक्त गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.