सुचना, समाचार र मनोरन्जन
Sarangi

दिवाकर गोल्छाको सम्मानमा संस्थापक दिवस मनाइयो

पोखरा/

नेपालमा औद्योगिकीकरणको सूत्रधारका रूपमा परिचित स्व.दिवाकर गोल्छाको सम्मान र संझनामा गोल्छा अर्गनाइजेसनले संस्थापक दिवस मनाइएको छ।

संस्थापक दिवसको छेको पारेर स्व.गोल्छाको स्मृतिमा उद्योगको कारखानास्थल लगायत काठमाडौँस्थित करर्पोरेट कार्यालय, विराटनगर, चितवन, पोखरा लगायतका अन्य शाखा कार्यालयहरूमा वृक्षारोपण, आँखा शिविर, तथा आर्थिक सयहोगका कार्यक्रमहरू सञ्चालन गरिएको दिवाकर गोल्छा अर्गनाइजेशनले जनाएको छ ।

मुलुकलाई औद्योगिकीकरणको वातावरण बनाउने र रोजगारीतर्फ उन्मुख गराउने स्व.गोल्छाको चाहना अनुरूप देशका विभिन्न ठाउँहरूमा कर्कटजस्तापाता, पाइप, जुट, चिनी खाद्यन्य, आल्मुनियम, स्टिल युटेनिसल, जि.आइ, कप्पर वायर तथा इलेकट्रोनिक्स लगायतका वस्तुहरू उत्पादन गर्ने दर्जन बढी उद्योगहरूको स्थापना गरी २० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संस्थापक दिवाकर गोल्छाले देश निर्माणमा निष्ठा दर्शाइ स्वदेशमै उद्यम र रोजगारी सिर्जना गरेकाले सुप्रसिद्ध प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित भएका थिए । ४३ वर्ष पहिले खरको छानोलाई विस्थापित गर्ने उद्धेश्यले नेपालको पहिलो स्टिल उद्योगका रूपमा हुलास स्टिल इन्डष्ट्रिजले गुणस्तरीय कर्कटजस्तापाता सिमराबाट उत्पादन थालेको थियो । औद्योगिकीकरण र रोजगारीले सिमरा मात्रै नभई देशको विकासमा अहम भूमिका लेखेको जनाइएको छ ।

ट्रान्समिसन लाइनका लागि आवश्यक पर्ने टावर लगायत सम्पूर्ण सामग्री हुलास स्टिल इन्डस्ट्रिजले उत्पादन गर्ने जानकारी गराइएको छ । संस्थापक दिवसका सन्दर्भमा सिङ्गल हटडिप ग्याल्भनायजिङ प्रविधिबाट १३ मिटर उचाई पोलहरू नेपाल मै पहिलो पटक उत्पादन गरिने भएको छ ।

हाल दिवाकर गोल्छा अर्गनाइजेसनको मातहतमा विभिन्न प्रकारका स्टिलजनय वस्तुहरू उत्पादन गर्दै हुलास स्टिल इन्डिष्ट्रिज लिमिटेड क्रियाशील छ । कम्पनीले समय सापेक्ष प्रविधि, क्षमता र रोजगारीलाई विस्तार गरी पर्सामा १ अर्बभन्दा बढीको लगानीमा हुलास स्टिल युनिट २ उद्योगको स्थापना गरेको छ । यसका उद्घाटन आपूर्ति तथा उद्योग मन्त्री दामोदर भण्डारी र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा गरिएको थियो ।

हुलास स्टिल युनिट २ उद्योगले विद्युत प्रसारण लाइनका लागि चाहिने ट्रान्समिसन टावर, सवस्टेसन स्ट्रक्चर, अग्टागोनल पोल, हाइमास्ट पोल, मनोपोल, स्ट्रिट लाइट पोल, पेनस्टोक पाइप र ब्रिज लगायतका स्टिलजन्य वस्तुहरू उत्पादन गर्दा आयात प्रतिस्थापन, रोजगारी वृद्धि, वैदेशिक मुद्राको वचत, राजस्वमा टेवा, व्यापार घाटामा न्युनीकरण हुने ठहर गरिएको छ । मेक इन नेपालको अवधारणा सार्थक हुँदा १० अर्ब बराबरको आयात प्रतिस्थापन भई थप ७ सय जनाले रोजगारी पाउने दिवाकर गोल्छा अर्गनाइजेशनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.