सुचना, समाचार र मनोरन्जन
Sarangi

बङ्गलादेशमा पीडितहरूको न्यायका लागि फेरि विद्यार्थी आन्दोलन शुरु

एजेन्सी/
बङ्गलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच झडप भएको छ ।

उत्तर–पूर्वी शहर सिल्हेटका एक अधिकारीले प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुतर्फ अश्रुग्यास छर्न बाध्य भएको बताएका छन् । राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको बीबीसीले जनाएको छ ।

रोजगारीमा कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै बङ्गलादेशमा विद्यार्थीले गरेका पछिल्लो आन्दोलनमा २ सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।

यस्तै झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ । पक्राउ परेकाहरुको रिहाइका लागि विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका हुन् । उनीहरूले सामुहिक हत्या, पक्राउ, आक्रमण तथा बेपत्ता पार्ने कामविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।

यसैबीच, बङ्गलादेश सरकारले जमात ए इस्लामी पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कट्टरपन्थी पार्टी जमात ए इस्लामीले विद्यार्थी आन्दोलनको फाइदा उठाएको प्रधानमन्त्री शेख हसिना सरकारले आरोप लगाएको छ ।

Leave A Reply

Your email address will not be published.