कास्की/
पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरु भएको छ । यातायात व्यवस्था कार्यालयले पोखरा यातायात प्रा.लिअन्तर्गत सञ्चालित बसको प्रदूषण परीक्षण गरेको हो ।
मापदण्डभन्दा बाहिर रहेका गाडी सञ्चालनमा रोक लगाउन गाडीको प्रदूषण जाँच शुरु गरेको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिए। उनका अनुसार अन्य दिनमा प्रदूषण परीक्षणका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमासमेत सेवा सञ्चालन गरिएको हो ।
पोखरा यातायात प्रा.लि.अन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ । प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीलाई पुनः मर्मतका लागि पठाइने र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालयका प्रमुख गौतमले बताए ।