सुचना, समाचार र मनोरन्जन

दुई लेनभन्दा साना सडक नबनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ/

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा नयाँ आयोजना नथप्न निर्देशन दिएका छन् ।

सडक विभागले आइतबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले थालेको काम सक्ने सरकारको प्राथमिकता भएको बताए । रणनीतिक महत्वको भनिएका सडकमा समेत १५ वर्षमा १५ प्रतिशत मात्र काम भएको भन्दै उनले चालु आयोजना सम्पन्न गर्नेतर्फ लाग्न भनेका हुन् ।

‘नयाँ बाटाहरु थाल्ने काम नगरौं’ सडक विभागले देखाएको हालका सडक आयोजनाको सूची देखाउँदै प्रधानमन्त्रीले भने, ‘अहिले चालु रहेका आयोजनाहरु सकौं, छिटो सकौं । जे निर्माण गर्छौ स्तरीय गरौं ।’

उनले दुई लेन भन्दा साना सडक नबनाउन समेत निर्देशन दिएका छन् ।

Leave A Reply

Your email address will not be published.