सुचना, समाचार र मनोरन्जन
Sarangi

नङ र परेलाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै बेलो ब्लश, एकेडेमीमा विस्तार

नेपालमा नङ र परेलाको मात्रै सौन्दर्यताको विषय भर्खरै आएता पनि विश्वबजारमा यसको विशेषता र महत्व बढ्दो छ । सो सम्बन्धि काम गर्ने जनशक्तिको खोजी भएको पाइन्छ । जसलाई परिपूर्ति गर्नका लागि नेपालमा समेत एकेडेमी संचालनमा आएको छ ।

सन्तोष बस्याल, पोखरा /

कुनै समय थियो सौन्दर्य व्यवसायलाई हेर्ने नजरिया फरक हुन्थ्यो । सुन्दरता शब्दलाई आत्मसात् गरेर पनि व्यवसाय गर्न सकिन्छ र भन्ने प्रश्न चिन्ह खडा हुन्थ्यो । कारण हाम्रो सामाजिक परिवेश नै त्यस्तै थियो । तर आज समय परिवर्तन भएको छ । प्रविधिको विकास सँगै व्यवसायिकतामा समेत परिवर्तन आएको छ ।

सौन्दर्यताको व्यवसाय अब कपाल र अनुहारमा मात्रै सिमित रहेन । नङ र परेलामा मात्रै पनि काम गर्ने सलुनहरु बजारमा खोलिएको छ । सौन्दर्य व्यवसायमा पनि व्यापकता आएको छ । विश्वबजारमा नङ र परेलाको मात्रै काम गर्ने जनशक्तिको माग बढ्दो पाइन्छ । यस विषयमा गहिरो अध्ययन गरी विश्वसनियता बढाउन काम भएका छन् ।

नेपालमा नङ र परेलाको मात्रै सौन्दर्यताको विषय भर्खरै आएता पनि विश्वबजारमा यसको विशेषता र महत्व बढ्दो छ । सो सम्बन्धि काम गर्ने जनशक्तिको खोजी भएको पाइन्छ । जसलाई परिपूर्ति गर्नका लागि नेपालमा समेत एकेडेमी संचालनमा आएको छ ।

पोखरा ९ न्यूरोड र लेकसाइडमा अवस्थित बेलो ब्लश एकेडमी नङ र परेलामा मात्रै काम गर्ने उदाहरणीय व्यवसायिक संस्था हो । नङ र परेला सम्बन्धि काम गर्ने जनशक्तिको अभाव खड्किन नदिन यसको उदय भएको हो । जसकी संचालक हुन् प्रीया गुरुङ ।

पोखरा ९ न्यूरोड र लेकसाइडमा अवस्थित बेलो ब्लश एकेडमी नङ र परेलामा मात्रै काम गर्ने उदाहरणीय व्यवसायिक संस्था हो । नङ र परेला सम्बन्धि काम गर्ने जनशक्तिको अभाव खड्किन नदिन यसको उदय भएको हो । जसकी संचालक हुन् प्रीया गुरुङ । पहिले देखि नै केही नयाँ गर्ने सोचका साथ व्यवसाय क्षेत्रमा प्रवेश गरेकी प्रीयाले छोटो समयमा नै सौन्दर्यतालाई आत्मसात् गर्दै अगाडि बढीरहेकी छिन् । आफु जस्तै अरु महिलाहरुलाई पनि दक्ष बनाउने बाटोमा उनको सक्रियता बढ्दो छ ।

भन्छिन्,“बेलो ब्लश उद्यमशील महिला उत्पादन गर्ने बाटोमा अग्रसर छ । हाम्रो सोच भनेकै महिला दिदीबहिनीहरु इन्टरपेनियर बनुन भन्ने हो । आत्मनिर्भरताका साथ समाजमा आफ्नो पहिचान बनाउन भन्ने हो।”

भइरहेको नङमा अर्को आर्टिफिसियल नङ जोडेर आर्ट गर्ने काम नेल एक्सटेन्सन हो । पछिल्लो समय यसको प्रयोग बढ्दो पाइन्छ । युवा पुस्ताको आकर्षण यसमा देखिन्छ । खासगरी महिलाहरुको चाँसो छ । आँखाको परेलालाई मिलाउने काम पनि सौन्दर्यता अन्तर्गत पर्दछ । परेला बाक्लो भयो भने सुन्दरता बढ्छ भन्ने मान्यता स्वरुप यसको काम भइरहेको छ । ल्यास एक्सटेन्सन भनेको भइरहेको परेलामा आर्टिफिसियल परेला जोडेर आर्ट गर्ने हो ।

थोरै लगानीमा पनि नङ र परेला सम्बन्धि सौन्दर्य व्यवसाय सुरुवात गर्न सकिने प्रीया बताउँछिन् । ८ देखि १० लाख लगानीमा नै थालनी गर्न सकिन्छ । सोसल मिडिया कसरी चलाउने ? गुगल कसरी चलाउने ? लगायतका विषयमा समेत जानकारी गराइने उनले उल्लेख गरिन् ।

नङ र परेलाको सौन्दर्यता सम्बन्धि काम भर्खरै मात्र नेपालमा जुरमुराएको प्रीया बताउँछिन । सीप सिकेर यो क्षेत्रमाा काम गर्नेलाई लाभ मिल्ने उनको भनाई छ । बेलो ब्लशमा प्राय विदेश जान इच्छुकले सीप सिक्ने गरेको प्रीया बताउँछिन् । चार वर्षमा नै बेलो ब्लशले एक हजार जनशक्ति उत्पादन गरेको छ । युके, अष्ट्रेलिया, पोर्चुगल, क्यानडा लगायतका युरोपका विभिन्न देशमा बेलो ब्लशबाट नै सिकेर गएका जनशक्तिले काम गरिरहेको भनाई उनको छ ।

विदेश मात्र नभई नेपालमा पनि नङ र परेला सम्बन्धि काम गर्ने व्यवसायिक संस्था खोलिएको उनले बताइन् । “बेलो ब्लशमा सौन्दर्य शिक्षा लिनेहरु विदेश मात्रै गएका छैनन् नेपालमा पनि व्यवसायिक रुपमा नै अगाडि बढिरहेका छन् ।”, उनले भनिन् ।

नङ र परेलाको सौन्दर्यताको सीप सिकेपछि व्यवसायिक दक्षता सम्बन्धि तालिम समेत बेलो ब्लशमा उपलब्ध गराइन्छ । जसमा बेलो ब्लशको हालसम्मको यात्राको विषय सँगै नेपालमा नै लगानी कसरी कति गर्ने भन्ने विषयमा जानकारी गराइन्छ । बजारीकरण देखि बिक्रीवितरणसम्मको ज्ञान विद्यार्थीले पाउछन् ।

थोरै लगानीमा पनि नङ र परेला सम्बन्धि सौन्दर्य व्यवसाय सुरुवात गर्न सकिने प्रीया बताउँछिन् । ८ देखि १० लाख लगानीमा नै थालनी गर्न सकिन्छ । सोसल मिडिया कसरी चलाउने ? गुगल कसरी चलाउने ? लगायतका विषयमा समेत जानकारी गराइने उनले उल्लेख गरिन् ।

सौन्दर्य व्यवसायको बजारीकरण पोखरामा बढ्दो भएको भनाई उनको छ । विषयगत सलुनले पोखराको सौन्दर्य व्यवसायलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको प्रीयाको बुझाई छ ।

बेलो ब्लश नङ र परेला सम्बन्धि मात्रै काम गर्ने व्यवसायिक संस्था हो । बेलो ब्लश स्टुडियो समेत संचालनमा आएको छ । एकेडेमीको रुपमा विस्तार गरी हजारौं जनशक्ति उत्पादनमा बेलो ब्लशको योगदान प्रशंसनिय छ । नेपालकै सबैभन्दा राम्रो र ठूलो एकेडेमीको रुपमा अगाडि बढ्दै छ बेलो ब्लश । स्थापनाको छोटो समयमा नै आफुलाई परिमार्जित गर्दै सेवामा समर्पित बेलो ब्लशले सेवाग्राहीको मन जितेको छ ।
बेलो ब्लशमा सिक्न आउने विद्यार्थीलाई आवश्यक सामाग्री संस्थाले नै उपलब्ध गराउँदै आएको छ । नङ र परेलाको क्षेत्रमा लामो समय देखि काम गर्दै आएका दक्ष प्रशिक्षकबाट नै सीप सिकाइने गरिन्छ । २८ देखि ३० जनालाई एकैपटकमा सिकाउन सकिने प्रीया बताउँछिन् ।

चार वटा कार्यक्रम अन्तर्गत जेल नेल कोर्ष, अकरेलिक नेल कोर्ष, प्रोफेसनल नेल टेक्निसियन डिप्लोमा कोर्ष र एडभान्स ल्यास एक्सटेन्सन कोर्ष चलाइएको छ । २५ देखि ५० हजारसम्मको शुल्क लिने गरिएको छ । जसमा १५ दिनदेखि ३० दिनसम्मको समय अवधि तोकिएको हुन्छ । १० दिनको इन्टर्नसीप पनि दिने गरिएको छ ।

सौन्दर्य व्यवसायको बजारीकरण पोखरामा बढ्दो भएको भनाई उनको छ । विषयगत सलुनले पोखराको सौन्दर्य व्यवसायलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको प्रीयाको बुझाई छ ।

Leave A Reply

Your email address will not be published.