सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपाल लाइफ इन्स्योरेन्सको उत्प्रेरणामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा /

नेपाल लाइफ इन्स्योरेन्स कम्पनि पोखरा साखामा रहेर बिगत लामो समयदेखी निरन्तर बीमा ब्यबसाय गर्दै आएका सिनिएर एजेन्सी मेनेजर नेत्र प्रसाद ढकाल र एजेन्सी मेनेजर धनप्रसाद पौडेलको समन्वयमा उत्प्रेरणामुलक प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको आयोजक धनप्रसाद पौडेलको अध्यक्षता संचालन भएको थियो भने प्रमुख अतिथी नेपाल लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख सहदेब अधिकारी र प्रशिक्षक सामाजिक अभियन्ता अधिबक्ता सुस्मा पौडेलको प्रशिक्षण दिएका दिए।

यस्तै कार्यक्रममा गण्डकी प्रदेशका अपरेसन इन्चार्ज बिष्णुबहादुर अधिकारी, पेसागत बीमा अभिकर्ता संघ बिमक समितीका केन्द्रिय सदस्य सिनियर एजेन्सी मेनेजर दामोदर सापकोटा, प्रदेश साखा समितिका उपाध्यक्ष मन्जु कोइराला, साखा समितिका अध्यक्ष दिपकप्रसाद पराजुली, नेपाल लाइफ इन्स्योरेन्स पोखरा साखाका प्रमुख उपेन्द्र तिमिल्सिना, वालिङ शाखा प्रमुख कमल प्रसाद ढकाल, स्याङ्जा शाखा प्रमुख, सुशील भन्डारी, हेम्जा साखा प्रमुख प्रकाशराज अधिकारी, तालचोक साखा प्रमुख अभिनास काफ्ले, र कर्मचारी कमल कोइराला पोखरा साखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उत्कृष्ट काम गर्ने एजेन्सी मेनेजर, बिजनेस कोर्डिनेटर र अभिकर्तालाई सम्मान गरियको थियो। कार्यक्रमको संचालन आयोजक सिनियर एजेन्सी मेनेजर नेत्र प्रसाद ढकालले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.