सुचना, समाचार र मनोरन्जन
Sarangi

सिमलताल दुर्घटना अध्ययन कार्यदलले मंगलबार प्रतिवदेन बुझाउँदै

काठमाडौँ/

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले अध्ययन पुरा गरेको छ । कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन मंगलबार गृहमन्त्री रमेश लेखकलाई बुझाउँदै छ । मंगलबार प्रतिवेदन हस्तान्तरण गरिने कार्यदलका संयोजक सहसचिव छवि रिजालले बताए ।

असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशुलीमा खसेर बेपत्ता भएका थिए । दुवै बस र ४० जना यात्रुको अवस्था अझै अज्ञात छ । बसमा सवार २५ जनाको शव भेटिएको छ ।

गृह मन्त्रालयका सहसचिव रिजाल नेतृत्वको कार्यदलमा नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक भुपेन्द्र खत्री र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सहितका प्रतिनिधिहरु सदस्य छन् । कार्यदलले ‘प्राकृतिक प्रकोपको कारण दुर्घटना’ भएको निष्कर्ष निकालेको छ ।

Leave A Reply

Your email address will not be published.