सुर्खेत /
शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३३ पुगेको छ।
जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९५ र रुकुम पश्चिममा ३८जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।
जाजरकोटमा ५५जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन्। सबै घाइतेको उपचार भईरहेको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रारम्भिक रिर्पोट आएको छ ।