सुचना, समाचार र मनोरन्जन

लायन्सको क्याबिनेट बैठक पोखरामा

पोखरा /

लायन अन्तर्राष्ट्रिय डिस्ट्रक्ट ३२५ जे नेपालको डिस्ट्रिक्ट पदाधिकारी पदस्थापन तथा पहिलो क्याबिनेट बैठक पोखरामा हुने भएको छ । लायन्स क्लब अफ पोखरा पिस भ्यालीको आयोजनामा १ भदौमा बैदामस्थित पोखरा इभेन्ट सेन्टरमा क्याबिनेट बैठक हुन लागेको हो ।

डिस्ट्रिक्ट गभर्नर मिलन थापाको आह्वानमा हुने कार्यक्रम भव्य बनाउन लायन्स पोखरा पिस भ्यालीका पूर्व अध्यक्ष रामकृष्ण पौडेलको नेतृत्वमा विभिन्न उपसमिति बनाई तयारी कार्य अगाडि बढाइएको बताइएको छ । यसपालि केही व्यावसायिक स्टलसमेत राखिने भएको छ ।

क्लबका संस्थापक अध्यक्ष सुदीप ओझाका अनुसार कार्यक्रम अझ भव्य बनाउन इलाइट मोटर्स, ब्रिटिस कलेज, रिलाइन्स फाइनान्स तथा अल्फा हेल्थ एण्ड ब्युटिका साथै अन्य धेरै संस्थाहरुको साथ र सहयोग रहने छ ।
देशभरबाट १२ सय हाराहारीमा लायन सदस्यहरुले भाग लिने क्लबका निवर्तमान अध्यक्ष तथा जोन २५ का जोन चेयरपर्सन श्रीकृष्ण न्यौपाने बताए । यसबाट आन्तरिक पर्यटनमा टेवा मिल्ने आयोजकको विश्वास छ ।

Leave A Reply

Your email address will not be published.