सुचना, समाचार र मनोरन्जन
Sarangi

अन्नपूर्ण गाउँपालिकामा आज बिदा

पोखरा /

कास्कीको अन्नपूर्ण गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । बिहीबार भएको गाउँ कार्यपालिकाको बैठकले विश्व आदिवासी दिवस अगस्ट ९ का दिन पालिकाभर बिदा दिने निर्णय लिएको हो ।

प्रत्येक वर्ष अगस्ट ९ तारिखमा विश्व आदिवासी दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई आदिवासी वर्ष घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो । आदिवासीको संस्कृति, सभ्यता, पहिचान र महत्वबारे चेतना बढाउन दिवस मनाउने गरिन्छ ।

अन्नपूर्ण पालिकाका अध्यक्ष विष्णुबहादुर केसीले शुक्रबार गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द रहने बताए ।

२०७८ को जनगणना अनुसार अन्नपूर्ण गाउँपालिकाको जनसंख्या २२ हजार ९९ छ । पालिकाका प्रवक्ता भरतमान गुरुङले आदिवासीको अधिकारको सम्मान गर्दै शुक्रबार बिदा दिइएको उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.