सुचना, समाचार र मनोरन्जन

पत्रकार श्रेष्ठ र रानामगर कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा /

नेपाल आदिवासी पत्रकार महासंघ ९फोनिज०, गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार दीपेन्द्र श्रेष्ठ र कमला रानामगर सम्मानित भएका छन् ।

फोनिजको २५ औं स्थापना दिवस अवसरमा पोखरा २५, हेमजामा आइतबार आयोजित समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमु धीं नेपाल अध्यक्ष हुमबहादुर तमु, संस्थापक अध्यक्ष कर्म गुरुङले जनही २५ हजारसहित सम्मानपत्र प्रदान गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठ पोखराको एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमका सम्पादक हुन् । अर्का सम्मानित व्यक्तित्व रानामगर नवलपुरकी पत्रकार हुन् ।

पोखराका व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना बाबुआमाको स्मृतिमा स्थापना भएको यो पुरस्कार फोनिज गण्डकीले सञ्चालन गर्दै आएको छ । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशीलमध्ये फोनिजका २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसअघि, कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकाली पुरस्कृत भइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.