सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

कर्णालीमा आज शोक बिदा, भूकम्पमा परेर ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त

काठमाडौँ/

कर्णाली प्रदेश सरकारले आज शोक दिवस घोषणा गरेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति दुस्ख व्यक्त गर्दै शोक दिवस घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले जानकारी दिए।

IVF Big

उनका अनुसार राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरुलाई पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको छ । पीडितहरुलाई पुनर्स्थापना गर्न कुनै कसर बाँकी नराख्ने पनि मन्त्री बीसीले बताए।

आपत्कालीन राहतलाई व्यवस्थित गर्ने, यथार्थ तथ्याङ्क सङ्कलन गर्ने र छिटोभन्दा छिटो पुनर्निर्माणमा तत्परता दिइने उनले बताए ।

Leave A Reply

Your email address will not be published.